२०८२ मंसिर ७ गते आइतवार / Nov 23 , 2025 , Sunday
२०८२ मंसिर ७ गते आइतवार
Ads

इलिक्सर एकेडेमीले उचाल्यो भलिबलको ट्रफी

shivam cement
२०८२ मंसिर ७ गते ०८:०२
Shares
इलिक्सर एकेडेमीले उचाल्यो भलिबलको ट्रफी

काठमाडौँ : म्याचुअल एकेडेमीक एक्टिभिटिज फोरम (माफ) द्वारा सन्चालित अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत भलिबल खेल सम्पन्न भएको छ ।  मंसिर ३ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको खेलमा १६ विद्यालयका कक्षा १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो । 

एडभान्स बोर्डिङ स्कुल, कालोपुलमा सम्पन्न भएको खेलमा १६ विद्यालयबाट छात्र तथा छात्रा समूहका १६-१६ गरी ३२ समूहले प्रतिस्पर्धा गरेका थिए । 

उक्त प्रतिस्पर्धामा छात्र समूह तर्फको खेलमा इलिक्सर एकेडेमी, कुमारीगाल चाबहिलले प्रथम स्थान हासिल गरी यस वर्षको माफ अन्तरविद्यालय भलिबल प्रतियोगिताको ट्रफी हात पारेको छ । साथै छात्रातर्फको तेस्रो स्थानमा पनि इलिक्सर एकेडेमीले जित हासिल गरेको छ ।

प्रतियोगितामा छात्र तर्फको बेस्ट सेटर इलिक्सर एकेडेमीका शुसांख थापाले प्राप्त गरेका छन् भने बेस्ट प्लेयर कप्तान हृदय अधिकारीले प्राप्त गर्न सफल भएका छन् । छात्रा तर्फको खेलमा बेस्ट ब्लकर इलिक्सर एकेडेमीकै अनुस्का राईले प्राप्त गरेकी छिन् । 

हरेक वर्ष आयोजना गरिने माफ अन्तरविद्यालय भलिबल प्रतियोगितामा यसअघि २०८१ सालमा पनि इलिक्सर एकेडेमी, कुमारीगाल चाबहिलले प्रथम स्थान हासिल गरी ट्रफी हात पारेको थियो । 

ADV

सम्बन्धित खबर