२०८२ मंसिर ८ गते सोमवार / Nov 24 , 2025 , Monday
२०८२ मंसिर ८ गते सोमवार
Ads

विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

shivam cement
२०८२ मंसिर ८ गते १३:१७
Shares
विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३५ रन बनाएको हो ।

विराटनगरका लागि शुभम रन्जनेले सर्वाधिक ३७ रन बनाए । २९ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे । यस्तै लोकेश बमले २८ रन, जर्ज मन्सेले १० रन र मार्टिन गप्टिलले १३ रन बनाए । नारायण जोशी दुई रन बनाएर आउट भए भने प्रतिश जिसी २ रनमा नटआउट रहे ।

जनकपुरका लागि संगिथ कुरे र रूपेश सिंहले समान दुई-दुई विकेट लिए भने आदित्य महताले एक विकेट लिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर