२०८२ मंसिर ९ गते मङ्गलवार / Nov 25 , 2025 , Tuesday
२०८२ मंसिर ९ गते मङ्गलवार
Ads

अब विदेशमा दुई साताभित्र राहदानी पठाइने

shivam cement
२०८२ मंसिर ९ गते ०६:२०
Shares
अब विदेशमा दुई साताभित्र राहदानी पठाइने

काठमाडौं : राहदानी विभागले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकको राहदानी दुई साताभित्र पठाउने बताएको छ । विभागले समयमा राहदानी नवीकरण गरेर नपठाउँदा  हाल वैदेशिक रोजगारीमा रहेका कयौं नेपाली श्रमिक समस्यामा परेका छन् ।

विभागले सोमबार सूचना जारी गर्दै विदेशस्थित नेपाली नियोगमा राहदानीका लागि आवेदन दिएका आवेदकहरूको राहदानी साबिककै हिसाबमा एक–दुई साताभित्रमा छपाइ गरी पठाइने व्यवस्था मिलाइने बताएको छ । 

त्यसैगरी विभागले लामो समयको प्रयासपछि अन्तरिम अवधिका लागि थप सात लाख राहदानी तथा त्यसको वैयक्तीकरणलगायतका सम्बद्ध सेवा खरिद गर्न वर्तमान आपूर्तिकर्ता कम्पनी आइएन स्मार्ट आइडेन्टिटी फ्रान्स एसएससँग सम्झौता गरेको र सम्झौता अनुसार आगामी तीन साताभित्रै राहदानीको पहिलो किस्ता आउने र क्रमशः थप राहदानी आपूर्ति हुने भएको बताएको छ ।

उक्त व्यवस्थाले राहदानी पुस्तिकाको पर्याप्त मौज्दात सुनिश्चित हुने भन्दै विभागले अन्तरिम व्यवस्थापनका लागि बाध्यात्मक रूपमा केही समयदेखि गरेको राहदानीको उत्पादन कटौती हटाइएको बताएको छ ।

ADV

सम्बन्धित खबर