२०८२ मंसिर ९ गते मङ्गलवार / Nov 25 , 2025 , Tuesday
२०८२ मंसिर ९ गते मङ्गलवार
Ads

विश्वकप उपविजेता नेपाली टोलीलाई क्यानको १० लाखसहित सम्मान

shivam cement
२०८२ मंसिर ९ गते २०:३३
Shares
विश्वकप उपविजेता नेपाली टोलीलाई क्यानको १० लाखसहित सम्मान

काठमाडौं : दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता हुन सफल नेपाली क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले नगदसहित सम्मान गरेको छ ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट रंघशालामा एक कार्यक्रमको आयोजना गरेर क्यानले उक्त टोलीलाई १० लाख नगदसहित सम्मान गरेको हो । दृष्टिविहीन महिला  टोलीले ऐतिहासिक उपलब्धि र नेपाली क्रिकेटको गौरव बढाएको भन्दै क्यानले सम्मान गरेको जनाएको छ ।

सम्मान कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव पारस खड्कालगायतको उपस्थिति रहेको थियो । श्रीलंकामा हालै सम्पन्न दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

ADV

सम्बन्धित खबर