२०८२ मंसिर १२ गते शुक्रवार / Nov 28 , 2025 , Friday
२०८२ मंसिर १२ गते शुक्रवार
Ads

एनपिएल : सुदूरपश्चिमको लगातार चौथो जित

shivam cement
२०८२ मंसिर ११ गते १५:१३
Shares
एनपिएल : सुदूरपश्चिमको लगातार चौथो जित

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिमले प्रतियोगितामा लगातार चौथो जित निकालेको छ ।

लुम्बिनीले दिएको १४५ रनको लक्ष्य सुदूरपश्चिमले १८.२ ओ‍भरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ६९ रन बनाए । आरिफ शेखले ३९ रन बनाउँदा, क्रिश लिन १६, जोश ब्रोन ९ रनमा आउट भए । हर्मित सिंह सात रनमा नटआउट रहे ।

लुम्बिनीका लागि रुवेन ट्रम्पलमेन, तिलक भण्डारी, अभिशेष गौतमले समान एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९. ४ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए ।

दिलिपनाथ ३१, डी मार्की सर्ट र सुमीत महर्जनले समान १८-१८ रन बनाउँदा गुलब्दिन नैवले ११, सन्दीप जोराले ७, थोमी डार्सा र अभिशेष गौतमले समान ६-६ रन बनाए ।

सुदूरपश्चिमका लागि अविनास बोहरा र हर्मित सिंहले समान तीन-तीन र हेमन्त धामीले दुई विकेट लिँदा बि कुग्गेलेइजनले एक विकेट लिए ।

सुदूरपश्चिम लगातार चार जितका साथ अंक तालिकामा ८ अंकसहित शीर्ष स्थानमा छ ।

ADV

सम्बन्धित खबर