२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

सुरुङ भत्काउने क्रममा थप ९ जना हमास लडाकूको मृत्यु 

shivam cement
२०८२ मंसिर १२ गते २१:३५
Shares
सुरुङ भत्काउने क्रममा थप ९ जना हमास लडाकूको मृत्यु 

जेरुसेलम : इजरायली सेनाले शुक्रबार दक्षिणी गाजा पट्टीमा सुरुङ सञ्जाल भत्काउने क्रममा हालै मारिएका नौ जना प्यालेस्टिनी लडाकूको शव फेला परेको बताएको छ । 

‘पूर्वी राफामा सञ्चालन गरिएको अभियानको क्रममा सेनाले ‘आतंकवादी समूहका भूमिगत संरचनामा थप नौ जनाको अवशेष फेला पारेको छ,’ सेनाद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘यसअघि, पूर्वी राफामा भूमिगत आतंकवादी संरचनाबाट भाग्ने प्रयासमा ३० भन्दा बढी आतंकवादीहरू मारिएका थिए ।’ 

धेरै स्रोतहरूले बिहीबार एएफपीलाई दिएको जानकारीमा दक्षिणी गाजाका सुरुङहरूमा, इजरायली सैन्य नियन्त्रणमा रहेका क्षेत्रहरू मुनि लुकेर बसेका दर्जनौं हमास लडाकुहरूको भाग्यबारे वार्ता भइरहेको छ । 
बुधबार हमासले मध्यस्थता गरिरहेका देशहरूलाई सुरक्षित मार्ग अनुमति दिन इजरायलमाथि दबाब दिन आह्वान गरेको थियो । इस्लामवादी समूहले सुरूङबाट सुरक्षित अवतरणका लागि आग्रह गरिएको सार्वजनिक रूपमा पहिलो पटक स्वीकार गरेको छ । 

इजरायल र हमासबीच अमेरिकाको पहलमा इजिप्ट, टर्की र कतार मध्यस्थमा भएको युद्धविराम अक्टोबर १० मा लागू भएको थियो । यसका शर्तअनुसार इजरायली सेना गाजा पट्टीभित्र तथाकथित ‘पहेंलो रेखा’ पछाडि फिर्ता भएको थियो । यो युद्धरत क्षेत्रमा पहेंलो ‘कङ्क्रिट ब्लक’ले चिन्हित सीमा हो ।  

हमासका लडाकुहरू पहेँलोे घेराको इजरायली नियन्त्रित पक्षमा रहेका सुरुङहरूमा फसेका छन् । एक मध्यस्थ देशका स्रोतले बिहीबार एएफपीलाई पुष्टि गरेअनुसार संयुक्त राज्य अमेरिका, इजिप्ट, टर्की र कतारले ‘राफाह नजिकको पहेँलो रेखा पछाडिका सुरुङहरू छोड्न हमासका लडाकुहरूलाई अनुमति दिने सम्झौतामा पुग्ने उद्देश्यले’ छलफल गरिरहेका छन् । 

‘वर्तमान प्रस्तावले उनीहरूलाई इजरायली नियन्त्रणमा नभएका क्षेत्रहरूमा सुरक्षित मार्ग प्रदान गर्नेछ, जसले यो थप उल्लंघन वा युद्धविरामको पतनतर्फ लैजाने द्वन्द्व बिन्दु नबनोस् भनी सुनिश्चित गर्न मद्दत गर्नेछ,’ स्रोतले थप्यो । 

गाजाका एक प्रमुख हमास सदस्यले एएफपीलाई बताएअनुसार समूहले फसेका उनीहरूको संख्या ६० देखि ८० को बीचमा रहेको अनुमान गरेको छ । यस विषयमा, एक इजरायली सरकारी प्रवक्ताले यसै महिनाको सुरुमा एएफपीसँग भनेका थिए, ‘प्रधानमन्त्री बेन्जामिन नेतान्याहु (सरकार)ले लडाकूलाई ‘सुरक्षित मार्ग’ का लागि अनुमति दिनुभएको छैन ।’

गाजा युद्ध हमासले सन् २०२३ अक्टोबर ७ को इजरायलमाथिको आक्रमणले सुरु भएको थियो । आक्रमणमा कम्तीमा एक हजार २२१ जनाको मृत्यु भएको थियो । 

संयुक्त राष्ट्रसंघले विश्वसनीय मानेको गाजाकोे स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार गाजामा इजरायलको प्रतिशोधी आक्रमणमा कम्तिमा ६९ हजार ७ सय ९९ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार युद्धविराम लागू भएदेखि इजरायली गोलीबारीबाट ३ सय ५२ प्यालेस्टिनी मारिएका छन् । –रासस/एएफपी

ताजा खबर

सम्बन्धित खबर