२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

मलेसियामा चासोक तङ्नाम मनाइँदै

shivam cement
तिलोचन गौतम
२०८२ मंसिर १२ गते २२:१०
Shares
मलेसियामा चासोक तङ्नाम मनाइँदै

मलेसिया : किरात लिम्बू समुदायको महान सांस्कृतिक पर्व चासोक तङ्नाम यस वर्ष पनि मलेसियामा भव्य रूपमा मनाइने भएको छ । मलेसियामा रहेका लिम्बु समुदायका अगुवा, समाजसेवी र युवाहरूको समन्वयमा किरात याक्थुङ चोम्लुङ मलेसियाले कार्यक्रम आयोजना गर्न लागेको हो ।

चासोक तङ्नाम नयाँ अन्न भित्राउनु अघि कुलदेवता र प्रकृतिलाई पूजा गर्ने लिम्बु समुदायको पुरातन परम्परा हो । परम्परा, कला, भाषा र भेषभूषाको संरक्षणका लागि विदेशमा बसेर पनि समुदाय एकजुट भएर यो पर्व मनाउँदै आएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा जनता समाजवादी पार्टी प्रदेश १ की सभा सदस्य तथा पूर्व मन्त्री निर्मला तावाको उपस्थिति रहने आयोजक समितिका युवा व्यवसायी तथा समाजसेवी दिल केरुङ लिम्बूले जानकारी दिए ।

मनोरञ्जनका लागि नेपालबाट लोकप्रिय गायिका सम्झना योङ्हाङ लिम्बू, कलाकार तथा सञ्चारकर्मी टिआर सेनेहाङ र मलेसियामा रहेका स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति दिनेछन् । कार्यक्रममा परम्परागत नृत्य, सांस्कृतिक झाँकी तथा लोपोन्मुख लिम्बु परिकारहरूको व्यवस्थासमेत गरिने आयोजकले जनाएको छ ।

आगामी डिसेम्बर १३ (शनिबार)का दिन क्वालालम्पुरस्थित नेपाली दूतावास नजिकैको हलमा कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रमलाई क्वालालम्पुरका विभिन्न रेस्टुरेन्टहरूले प्रायोजन गर्नेछन् । 

सम्बन्धित खबर