
उदयपुर : नेकपा (एमाले)को ११औं महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया उदयपुरमा जारी छ । जिल्लाका आठै स्थानीय तहका प्रतिनिधि सदरमुकाम गाईघाटमा मतदान भइरहेको एमाले उदयपुरले जनाएको छ ।
उदयपुर–१ बाट खुला ४, महिला २ र १ युवासहित ७ प्रतिनिधि चयन हुनेछन् । त्यसैगरी, उदयपुर–२ मा खुला ३, महिला २ र युवा १ गरी ६ जना प्रतिनिधि छनोट हुने छन् । साथै, सिंगो जिल्लाबाट १ जना दलित प्रतिनिधि चयन हुनेछन् । यसरी जम्मा १४ पदका लागि प्रतिस्पर्धा भइरहेको हो ।
क्षेत्र नम्बर–२ मा खुला ९, महिला ६ र युवा २ गरी १७ जना प्रतिस्पर्धामा छन् । त्यसैगरी, क्षेत्र नम्बर–१ मा खुला ८, महिला ४ र युवा ३ गरी १५ जना प्रतिस्पर्धी छन् । दलित कोटामा ४ जनाले उम्मेदवारी दिएका छन् ।
कुल १४ प्रतिनिधिका लागि जम्मा ३६ जना मैदानमा छन् ।