२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

१४ करोड ठगीमा अग्रवाल पक्राउ

shivam cement
२०८२ मंसिर १५ गते ०६:२०
Shares
१४ करोड ठगीमा अग्रवाल पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै १४ करोड बढी ठगी गरेको उजुरीका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मकवानपुर हेटौंडा स्थायी घर भई हाल ललितपुर बस्दै आएका शम्भु दयाल अग्रवाललाई पक्राउ गरेको हो । एकै व्यक्तिविरुद्ध १४ करोड बढीको वैदेशिक रोजगार ठगीको उजुरी परेको हो । व्यक्तिगत ठगीको यो सम्भवतः ठुलो उजुरी हो ।

प्रहरीले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेर विदेश नपठाई सम्पर्कविहीन भएका ५२ वर्षीय अग्रवाललाई ललितपुरबाट पक्राउ गरिएको बताएको छ । 

उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

सम्बन्धित खबर