२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

पोखरामा आइटिएफ टेनिस सुरु : १६ देशका ८० खेलाडीबीच प्रतिस्पर्धा 

shivam cement
२०८२ मंसिर १५ गते २०:२३
Shares
पोखरामा आइटिएफ टेनिस सुरु : १६ देशका ८० खेलाडीबीच प्रतिस्पर्धा 

कास्की : पर्यटकन राजधानी पोखरामा आजदेखि ‘आइटिएफ जे ३० टेनिस’ को प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालाको टेनिस सेन्टरमा सुरु प्रतियोगिता अन्तरराष्ट्रिय टेनिस महासंघद्वारा स्वीकृतप्राप्त ‘आइटिएफ जे ३० टेनिस टुर पोखरा’को आठौं संस्करण हो । 

कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालन भएको प्रतियोगिता आगामी मंसिर २७ गतेसम्म चल्नेछ । प्रतियोगितामा १६ देशका ८० खेलाडीहरूको सहभागिता छ । जसमा पुरुषतर्फ ५५ र महिलातर्फ २५ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा नेपालसहित भारत, चीन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश र क्यानाडका खेलाडी सहभागी छन् । यसैगरी अस्ट्रेलिया, कोरिया, बेलायत, सिंगापुर, मलेसिया, श्रीलंका, इजरायल र हङकङका खेलाडीहरूले समेत उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा १३ वर्षदेखि १८ वर्ष उमेर समूहमा हुने प्रतिष्पर्धाका विजेताले समान ३० अंक, उपविजेताले १८ अंक, सेमिफाइनलिष्टले नौ अंक क्वाटरफाइनालिष्टले पाँँच र आर–१६ ले दुई अंक प्राप्त गर्नेछन् । त्यस्तै ‘डबल्स’मा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले छ अंक, क्वाटरफाइनालिष्टले तीन अंक प्राप्त गर्ने प्रतियोगिता संयोजक अजय विष्टले जानकारी दिए । 

प्रतियोगितामा ‘ब्वाइज सिंगल्स’ तथा ‘डबल्स’/‘गर्ल्स सिंगल्स तथा डबल्स’ गरी चार विधामा सञ्चालन हुनेछन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाणपत्रसहित पदक प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन गर्दै नेपाल पयर्टन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले प्रतियोगिताले यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले पोखरा पर्यटनको राजधानी मात्र नभई खेलकुदको समेत ‘हव’ भएको उल्लेख गरे । 

‘प्रतियोगिताले पोखरालाई खेलकुदको हवको रुपमा चिनाउन मात्रै नभई खेलकुदमार्फत पर्यटन प्रवद्र्धनमा भूमिका खेलेको छ । पोखरालाई खेलकुदमार्फत चिनाउन टेनिसको महत्वपूर्ण भूमिका भएकोले पर्यटन बोर्ड सहकार्य गर्दै अघि बढेको छ,’ उनले भने । 

आयोजक कास्की टेनिस संघका अध्यक्ष राजकुमार गुरूङले आठौँ सस्करणको यात्रामा प्रतियोगिता अझै प्रभावकारी बन्दै गएको बताउँदै मुलुकको विषम परिस्थितिमा समेत १६ देशका खेलाडीहरूको सहभागिता हुनु गर्वको विषय रहेको उल्लेख गरे । 

कास्की टेनिसका सचिव भीष्मराज पौडेलले प्रतियोगिताको सफल व्यवस्थापनकै कारण पोखरामा आएर खेल्न खेलाडीहरू उत्साहित रहेको उल्लेख गरे । –रासस

सम्बन्धित खबर