२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

थाइल्यान्डका डुबान प्रभावितलाई राहत सामग्री

Nada
तिलोचन गौतम
२०८२ मंसिर १५ गते २०:३५
Shares
थाइल्यान्डका डुबान प्रभावितलाई राहत सामग्री

बैंकक : दक्षिणी थाइल्यान्डको हट एइ क्षेत्रमा अविरल वर्षापछि आएको भीषण डुबानले जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनेको छ । यस परिस्थितिमा नेपाली दूतावास र गैर आवासीय नेपाली संघ थाइल्यान्डले संयुक्त रूपमा प्रभावित स्थानीय बासिन्दालाई राहत सामग्री वितरण गरेका छन् । 

ncell

लगातार परेको वर्षाले धेरै क्षेत्र जलमग्न बनेपछि आपतकालीन सेवा र उद्धार टोलीले प्रभावित क्षेत्रको अवलोकन गरी तत्काल आवश्यक सामग्री वितरण गरेको हो । 

एनआरएनए थाइल्यान्डका आइसीसी सदस्य भविन्द्र बस्नेत, अध्यक्ष महेन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शकान्छा गुरुङ (गाबो), उपाध्यक्ष राजु बलामी, उपाध्यक्ष सरसिङ गुरुङ, सचिव राजबहादुर साउद लगायतका प्रतिनिधिहरूले क्वालाङ नगरपालिका क्षेत्रका प्रभावित परिवारलाई दैनिक उपभोग्य वस्तु, खानेपानी, खाना, स्वास्थ्य सामग्री तथा सरसफाइका सामग्री हस्तान्तरण गरेका हुन् ।

नगरपालिका पूर्ण रूपमा जलमग्न भएको र खानेपानी तथा सरसफाइमा गम्भीर चुनौती आइरहेको अवस्थामा, स्थानीय प्रशासनले प्रवासी नेपाली समुदायबाट प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गरेको छ ।

एनआरएनए थाइल्यान्डले भूकम्प, बाढी–पहिरो तथा अन्य संकटका समयमा जस्तै यसपटक पनि दूतावाससँग समन्वय गर्दै प्रभावित परिवारहरूको सुरक्षा प्राथमिकतामा राखिएको बताएको छ । संघले आवश्यक परे थप सहयोग र स्वयंसेवक परिचालनका लागि तयारी पूरा भएको जानकारी दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर