२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

बैंक खातामा विप्रेषण पठाउनेलाई बिना धितो ऋण

ADV
मध्यान्ह
२०८१ साउन ११ गते २१:०१
बैंक खातामा विप्रेषण पठाउनेलाई बिना धितो ऋण

काठमाडौं : नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने बताएको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिमा उक्त विषय समेटिएको छ । गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार राष्ट्र बैंकले सो व्यवस्था गरेको जानकारी दिए ।

यसले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई सस्तो दरमा कर्जा प्राप्त हुने र औपचारिक प्रणालीबाट पैसा आइ हालको रेमिट्यान्स थप बढ्न जाने अपेक्षा गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise