२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

राष्ट्रपति ट्रम्पलाई शान्ति पुरस्कार

shivam cement
२०८२ मंसिर २० गते १२:५४
Shares
राष्ट्रपति ट्रम्पलाई शान्ति पुरस्कार

काठमाडौँ : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शान्ति पुरस्कार प्रदान गरिएको छ । फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिकका लागि आयोजित समारोहमा उनलाई शान्ति पुरस्कार प्रदान गरिएको हो ।

राष्ट्रपति ट्रम्पले लामो समयदेखि नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने इच्छा व्यक्त गर्दै आएका छन्। उनले धेरै युद्ध रोकेको भन्दै आफू यसको हकदार भएको बताएका छन्।

यो नयाँ फिफा पुरस्कारका लागि ट्रम्पलाई पहिले नै सबैभन्दा बलियो दाबेदार मानिन्थ्यो।

समाचार एजेन्सी पीटीआईका अनुसार ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोबीच घनिष्ठ सम्बन्ध छ। इन्फान्टिनोले पहिले नै गाजामा युद्धविराम गराउने प्रयासका लागि ट्रम्पले नोबेल पुरस्कार पाउनु पर्ने भनेका थिए।

ताजा खबर

सम्बन्धित खबर