२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

संगीतमा व्यस्त बन्दै रिज्योना

ADV
लक्ष्मण पोखरेल
२०८१ साउन १२ गते ०६:४५
संगीतमा व्यस्त बन्दै रिज्योना

काठमाडौं : गायिका रिज्योना कार्कीलाई गीत संगीतको व्यस्तताले समय बितेको पत्तै हुँदैन । कहिले गीत रेकर्डिङका लागि दौडिनुपर्ने कहिले सांगीतिक कार्यक्रमका लागि । अलिकति फुर्सद भयो कि संगीत साधनामा व्यस्त । कहिले काहीँ साथीसंगीहरुको भेटघाटले निकै व्यस्त बनाइरहेको उनी बताउँछिन् ।

पछिल्लो पुस्तामा निकै नै सम्भावना भएकी गायिकाको रुपमा चर्चित रिज्योना गीत संगीत आफ्नो प्राण रहेको बताउँछिन् । सानैदेखि गीत संगीतमा अभ्यास्त रिज्योना हरेक किसिमका गीत गाउन खप्पिस छिन् । तिमीलाई पाए, तिम्रो सबै कुरा, मजा बेग्लै छ, माया लाइन्छ, खै किन जीवन साथी, थाहा छैन तिमीलाई, तिम्रो सबै कुरा मन पर्छ, माइत जाने हो, सोल्टीनी कान्छी, मेरो अनुरोधमाजस्ता चर्चित गीतकी गायिकासमेत रहेकी रिज्योना गीत संगीतमै केही गर्ने अठोटका साथ नेपाली सांगीतिक क्षेत्रमा लागेकी हुन् ।

उदयपुरमा जन्मेहुर्केकी उनी सुन्दरी गायिकाको रुपमा पनि चिनिन्छिन् । जस्ता पायो त्यस्तै संगीत मन नपाराउने रिन्जोनलाई म्युजिक भिडियोका लागि पनि बेला बखत अफर आउने गरेको छ । उनी भन्छिन्, ‘अहिले म संगीतमै रमाइरहेको छु । मोडलिङमा कुनै सोच बनाएको छैन, भविष्यमा आफ्नै गीतहरुमा मोडलिङ गर्नै इच्छा भने छ ।’

विशेषगरी मेलोडी गीतहरु सुन्न मन पराउने रिज्योना हरेक किसिमका गीत गाउन रुचाउँछिन् । उनी भन्छिन्, ‘एउटा गायिका भइसकेपछि यो र त्योभन्दा पनि सबै गीतहरु गाउन सक्नुपर्छ । म भर्सटाइल गायिकाको रुपमा सांगीतिक क्षेत्रमा चिनिन चाहन्छु ।’

गीत गाउनको अलवा घुम्न मन पाउने सुन्दरी गायिकालाई नेपालको पोखरा, मुस्ताङ, जिरी मनपर्ने ठाउँ हुन् । आफूलाई स्व. स्रमाट नारायण गोपाल, गायिका अञ्जु पन्त, गायक प्रमोद खरेलका गीतहरु मन पर्ने उनको भनाइ छ ।

हाल केही नयाँ गीतहरुको रेकर्डिङमा व्यस्त रहेको बताउने रिज्योना पछिल्लो नेपाली गीत संगीतमा देखिएको विकृतिप्रति भने खुसी छैनन् । हिट हुनका लागि जस्तो पनि गीतहरु निकाल्ने चलन बढी मौलाइरहेको उनको भनाइ छ । उनी भन्छिन्, ‘यसले नेपाली गीत संगीतलाई राम्रो गरिरहेको छैन । विकृति फैलाइरहेको छ । हिट हुनलाई त्यस्ता गीतहरुको साहरा लिनेहरु धेरै दिन टिक्दैनन् । आज नेपाली संगीतमा जति पनि गायक गायिकाहरु चलेका र हिट भएका छन ति सबै आफूमा दम भएर चलिरहेका छन् । जोसँग दम छैन, तिनीहरु अनेक हर्कत गरिरहेका छन् । मलाई त्यस्तो गर्नु छैन ।’

गीत हिट हुनलाई शब्द, संगीत, स्वर, एरेन्ज सबैको उत्तिकै हात हुने भएकाले सिर्जनामा ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ । भविष्यमा नेपाली गीत संगीतमा केही फरक शैलीका गीतहरु ल्याउने तयारी गरिरहेकी रिज्योना हाल त्यसैको तयारीमा जुटिरहेकी छन् । आवाजमा जति माधुर्यता छ त्यति नै व्यवहार सरल भएकी रिज्योनालाई नायिका हुने रहर भने छैन ।

ADVADV

सम्बन्धित खबर

Advertise