२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

चौरजहारीमा कृषि प्रदर्शनी हुने

shivam cement
प्रचण्ड खत्री
२०८२ मंसिर २३ गते १८:१७
Shares
चौरजहारीमा कृषि प्रदर्शनी हुने

रुकुम पश्चिम : रुकुम पश्चिमको चौरजहारी नरपालिकामा मंसिर २६ गते कृषि मेला प्रदर्शनी हुने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार नगरपालिकास्तरीय कृषि मेला प्रदर्शनी हुने भएको हो । मेलामा उत्कृष्ट कुषकलाई पुरस्कारसहित सम्माान समेत गरिने नगरपालिका प्रमुख पुष्प वादीले जानकारी दिए ।

नगरपालिकाभित्रका कृषकहरूले आ–आफ्नो कृषि उत्पादन/उपजहरू प्रदर्शनी स्टलमा दर्ता गरी पुरस्कार जित्न सक्ने अवसर रहेकाले कृषि प्रदर्शनी मेलामा सहभागी हुन चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले कृषकहरूमा अनुरोध गरेका छन् ।

कृषि उपज संकलन तथा बिक्री केन्द्रको भवन रहेको वडा नम्बर ११ बसपार्क टाटामा कृषि प्रदर्शनी मेला आयोजना गरिने नगरपालिकाले जनाएको छ । कृषि प्रदर्शनी मेलामा कृषि उपजहरू ‎खाद्यान्न बाली अन्तर्गत धान, मकै, गहुँ, मौसमी बेमौसमी तरकारी बालीहरू अन्तर्गत काउली, बन्दा, टमाटर, खुर्सानी, प्याज, ‎फलफूल बालीअन्तर्गत सुन्तला, कागती, मौसम, किवी, केरा, भुईंकटहर, अमिलो आदि प्रदर्शनमा रहनेछन् । जसका लागि कृषकहरूले कम्तीमा १ किलो पारदर्शी प्लास्किकमा प्याकेजिङ बोटसहित हाँगासहितको फलहरू ल्याउनुपर्ने छ । 

त्यस्तै मसला बाली अन्तर्गत अदुवा, बेसार, अलैंची, कफी, उखु बोट र दलहन तथा तेलहन बाली अन्तर्गत सिमी, बोडी, भटमास, तिल, तोरी, रायो, मूलाकोबोटसहित वा कम्तीमा १ किलो प्याकेजिङ गरेर कृषकले प्रदर्शनी स्टलमा राख्नुपर्ने छ । सोही मध्यमबाट छनोट गरेर स्थान हासिल गर्ने कृषकलाई पुरस्कारसहित सम्मान गरिने नगरपालिकाले जनाएको छ ।

प्रदर्शनी मेलामा प्रथम आउने कृषकलाई नगद ३ हजार रुपैयाँसहित प्रमाणपत्र, दोस्रो स्थान प्राप्त गर्ने कृषकलाई नगद २ हजारसहित प्रमाणपत्र, तेस्रो स्थान प्राप्त गर्ने कृषकलाई १ हजार र सान्तवना हुने कृषकलाई ७ सय रुपैयाँसहित प्रमाणपत्रको व्यवस्था गरिएको चौरजहारी नगरपालिका रुकुम पश्चिमले जनाएको छ ।

सम्बन्धित खबर