२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

इजरायल केयरगिभरको भ्रामक विज्ञापनप्रति विभाग सतर्क

Nada
२०८२ मंसिर २४ गते ०६:१५
Shares
इजरायल केयरगिभरको भ्रामक विज्ञापनप्रति विभाग सतर्क

काठमाडौं : इजरायलको केयरगिभर रोजगारीका नाममा भ्रामक विज्ञापन भएपछि वैदेशिक रोजगार विभाग सतर्क भएको छ । सामाजिक सञ्जालका विभिन्न माध्यमबाट पटकपटक भ्रामक विज्ञापन गरिएपछि वैदेशिक रोजगार विभागले कुनै पनि निजी संस्था, कम्पनी वा व्यक्तिलाई इजरायलको केयरगिभर रोजगारीको विज्ञापन गर्न, फाराम भर्न वा पठाउने प्रक्रिया सञ्चालन गर्ने कुनै अधिकार नरहेको बताएको छ ।

ncell

हाल इजरायलका लागि केयरगिभर भर्नासम्बन्धी भ्रामक सूचना सम्प्रेषण भएकोमा ध्यानाकर्षण भएको भन्दै विभागले इजरायलमा केयरगिभरमा आकर्षक तलबसहितको रोजगारी उल्लेख गरेर विभिन्न किसिमका सूचना, विज्ञापन टिकटकलगायत समाजिक सञ्जालमा प्रसारण भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।  

विभागका निर्देशक टिकाराम ढकालले नेपाल सरकार र इजरायल सरकारका बीचमा सम्पन्न द्विपक्षीय समझदारी अनुरूप इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा सहायक कामदारहरू पठाउने सम्पूर्ण कार्य केवल जीटुजी प्रक्रियामार्फत मात्र हुने भएको भन्दै अन्य कसैले पठाउन नपाउने बताएका छन् ।

उनले भने, ‘भाषा  पढाउने नाममा ठगी भएको व्यापक सुनिएको छ । ठगीमा उजुरी नआएका कारण हालसम्म कसैलाई कारबाही भएको छैन । तर इजरायलमा काम गर्न जानका लागि जीटुजी बाहेक अर्को विकल्प नरहेकाले भ्रामक, झुटा र ठगी उद्देश्यले गरिएका क्रियाकलाप वा अवैध रूपमा कामदार पठाउने कुनै पनि व्यक्ति, समूह वा एजेन्सीमाथि कडा निगरानी गरिएको छ । प्रमाण फेला परे कडा कारबाही गरिने छ ।’

सम्बन्धित खबर