२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

मन्त्री हुँदैमा सबै क्षेत्रमा विज्ञ हुँदैन, निजी क्षेत्रसँग हातेमालो गरी अघि बढ्छौं : अर्थमन्त्री शाह

Nada
पूर्ण सार्की
२०८२ मंसिर २४ गते १८:०४
Shares
मन्त्री हुँदैमा सबै क्षेत्रमा विज्ञ हुँदैन, निजी क्षेत्रसँग हातेमालो गरी अघि बढ्छौं : अर्थमन्त्री शाह

सुर्खेत : कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले कर्णालीका निजी क्षेत्रका व्यवसायीहरु सँग हातेमालो गर्दै अघि बढ्ने बताएका छन् । 

ncell

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बुधबार निजी क्षेत्रका समस्या तथा समाधानका उपायहरूबारे सम्पूर्ण निजी व्यवसायी संघले आयोजना गरेको प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री शाहले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहीले आफू मन्त्री भएका कारणले मात्र सबै क्षेत्रमा विज्ञ हुन नसक्ने बताए । उनले भने, “म आफूलाई मन्त्री मात्र होइन, निजी क्षेत्रको व्यवसायीको रूपमा पनि हेर्न चाहन्छु। सरकार र निजी क्षेत्र दुवै मिलेर अघि बढ्नु आवश्यक छ ।”

अर्थमन्त्री शाहले हालको सरकारले खर्च मापदण्ड संशोधनसँगै नयाँ प्रणालीहरू लागू गरेको उल्लेख गर्दै संघीय मापदण्डअनुसार नै खर्च भइरहेको स्पष्ट पारे । “सरकारी कार्यक्रम होटलमा नगर्ने भन्ने हुँदैन, तर खर्च नियन्त्रणमा ध्यान दिनुपर्छ। प्रणाली अनुशासनमा सरकार अघि बढिरहेको छ,” उनले भने । 

कर्णालीमा बजेट अनुसारका विकास गतिविधि अगाडि बढिरहेको बताउँदै उनले अन्य प्रदेशको तुलनामा कर्णालीले आन्तरिक राजस्व बढाउनुपर्ने आवश्यकता औंल्याए । उनले निजी क्षेत्रका व्यवसायीहरूसँग निरन्तर संवाद गर्न उत्साहित रहेको उल्लेख गर्दै समय मिलाएर मन्त्रालयमै भेट गर्न आग्रह समेत गरे ।

मन्त्री शाहले प्रदेश सरकार कर्णालीका व्यवसायीहरूका समस्या बुझ्ने र समाधानमा सहकार्य गर्ने मनस्थितिमा रहेको बताए ।

उनले निजी क्षेत्र सबल नहुँदा प्रदेशको आर्थिक विकास सम्भव नहुने भएकाले व्यवसायीहरूसँग हातेमालो गर्दै अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरे ।

ताजा खबर

सम्बन्धित खबर