२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

विभागबाट १३ बिचौलिया पक्राउ

Nada
२०८२ मंसिर २५ गते ०६:२०
Shares
विभागबाट १३ बिचौलिया पक्राउ

काठमाडौं : वैदेशिक रोजगार विभागमा छिटो श्रम स्वीकृति दिलाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । उनीहरूले वैदेशिक रोजगारमा जाने कामदारहरूलाई विभिन्न प्रलोभन र घेराबन्दीमा पारेर बार्गेनिङ गरेर बिचौलियाको काम गरेको प्रहरीको भनाइ छ ।

ncell

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले उनीहरूले श्रम स्वीकृतिका लागि विभागमा जानेहरूलाई हैरानी दिँदै आएको गुनासो आएपछि उनीहरूलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

उनीहरूले श्रम स्वीकृति मात्रै नभएर ठगीमा परेकाहरूलाई ठगीमा संलग्नलाई पक्राउ पुर्जी जारी गरिदिने र पक्राउ गर्न समेत सहयोग गरिदिने बताएर सेवाग्राहीलाई दुःख दिएको गुनासो आएको एसपी आचार्यले बताए ।

विभागले ‘क्यास लेस, फेस लेस’का आधारमा वैदेशिक रोजगार प्रशासन सञ्चालन गरिरहेको बताएको छ ।

सम्बन्धित खबर