२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

नवलपरासी पश्चिम–१ बाट त्रिपाठीको एकल सिफारिस 

shivam cement
विनोद निगम
२०८२ मंसिर २७ गते २१:१९
Shares
नवलपरासी पश्चिम–१ बाट त्रिपाठीको एकल सिफारिस 

नवलपरासी : आगामी २०८२ फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि जनता प्रगतिशिल पार्टी नेपालले नवलपरासी पश्चिम–१ बाट एकल सिफारिस गरेको छ ।

मंगलबार बसेको पार्टीको क्षेत्रीय कार्यसमिति–१ को बैठकले त्रिपाठीलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा आगामी निर्वाचनका लागि रणनीति, संगठन सुदृढीकरण, मतदाता परिचालन तथा स्थानीय तहसँगको समन्वय लगायत विषयमा विस्तृत छलफल भएको जनाइएको छ । 

सिफारिससम्बन्धी आधिकारिक जानकारी जिल्ला अध्यक्ष राधेरमन पाण्डेयले जारी गरेको पत्रमार्फत सार्वजनिक गरेका छन् । उनका अनुसार त्रिपाठीको दीर्घ राजनीतिक अनुभव, नेतृत्व क्षमता तथा जनस्तरमा रहेको विश्वासलाई आधार मानेर पार्टीले उनलाई उम्मेदवारका रूपमा अघि सारेको हो । पाण्डेयका अनुसार त्रिपाठीको उम्मेदवार सिफारिसपछि पार्टीपंक्तिमा उत्साह थपिएको छ भने स्थानीय तहमा निर्वाचन तयारी अझ सक्रिय बनेको छ ।
 

सम्बन्धित खबर