२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गीतकार डब्बु र गायक नारायणको ‘तिमीलाई नै’

ADV
मध्यान्ह
२०८१ साउन १३ गते १२:०४
गीतकार डब्बु र गायक नारायणको ‘तिमीलाई नै’

काठमाडौं : लोकप्रिय गायक नारायण थापा र अग्रज गीतकार डब्बु क्षत्रीले आफ्नो गीत ‘तिमीलाई नै’को भिडियो दर्शकमाझ ल्याएका छन् । यो गीतको भिडियोलाई ओएसआर डिजिटलको युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

गायक नारायण थापाले आफ्नो पहिलो गीति संग्रह अजम्बरीमा यो गीत समेटेका थिए । संग्रहमार्फत उनले यो गीतलाई यस अघि नै ल्याए पनि यसको म्युजिक भिडियो भने बनाएका थिएनन् । सोही गीत यतिबेला भिडियोको रुपमा दर्शकमाझ आएको हो ।

यो गीतमा संगीत पनि नारायण थापाले नै गरेका हुन् । सिन्धुलीका नारायण थापा गायकको रुपमा लोकप्रिय भए पनि उनी बेला बेलामा मिठो संगीत सिर्जना पनि गर्छन् । गीतमा संगीत संयोजक राजेन्द्र बजगाईं र मिक्सिङ तथा मास्टरिङ मनोज परियारको रहेको छ । गीतलाई म्युजिक किचनमा रेकर्डिङ गरिएको हो । 

यो गीतको भिडियोमा अभिनेता यसराज गराच र कलाकार तथा मोडल प्रतीक्षा काफ्लेको अभिनय छ । भिडियोमा यसराज र प्रतीक्षाको जोडीलाई निकै आकर्षक देखिएको छ । उनीहरु भिडियोमा रोमान्चित देखिएका छन् ।

गीतको भिडियोलाई सर्लाहीको भरतताल लगायत विभिन्न रमणीय स्थालमा छायाँकन गरिएको छ । वीरेन्द्र भाट विपिनको सम्पादन, शर्मिला बुढाथोकीको मेकअप, प्रविण सुवेदीको छायाँकन रहेको यो गीतको भिडियोलाई कृष्ण रसालले कोरियोग्राफी गरेका हुन् । रसालको कोरियोग्राफी प्रसँसनीय छ । भिडियोमा डब्बु क्षत्रीको निर्देशन रहेको छ ।

यो गीतकार रचनाकार डब्बु क्षत्रीका अनुसार गीतमा एक प्रेमीको प्रेमिकाप्रति आसक्ती प्रस्तुत गरिएको छ । ‘जतिबेला पनि आफ्नै प्रेमिकालाई हेरिरहुँ र भेटिरहुँ भन्ने प्रेमीको अथाह प्रेमाशक्तिलाई यो गीतमा उल्लेख गरिएको छ । गीतसँगै भिडियोले यतिबेला राम्रो प्रतिक्रिया पाएको छ,’ गीतकार डब्बु क्षत्रीले भने ।


ADVADV

सम्बन्धित खबर

Advertise