२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

भारतलाई हराउँदै श्रीलंकाले जित्यो एसिया कपको उपाधि

ADV
मध्यान्ह
२०८१ साउन १३ गते १९:५५
भारतलाई हराउँदै श्रीलंकाले जित्यो एसिया कपको उपाधि

काठमाडौं : साविक विजेता भारतलाई पराजित गर्दै श्रीलंका पहिलो पटक एसीसी एसिया कपको च्याम्पियन बनेको छ । आइतबार सम्पन्न फाइनलमा भारतलाई ८ विकेटले हराउँदै श्रीलंकाले पहिलोपल्ट उपाधि जितेको हो । भारतले शुरुका ६ संस्करणको उपाधि जितेको थियो । तीमध्ये चार संस्करणको फाइनलमा श्रीलंकालाई पराजित गरेको हो । दुईपटक भने भारतले पाकिस्तानलाई पराजित गर्दै उपाधि जितेको थियो ।

श्रीलंकाको रंगगिरी क्रिकेट स्डेडियममा आइतबार भएको फाइनलमा भारतलाई श्रीलंकाले ८ विकेटले पराजित गरेको हो । भारतले दिएको १ सय ६६ रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

श्रीलंकाका लागि हर्शिता समराविक्रमाले सर्वाधिक अविजित ६९ रन बनाइन् । उनले ५१ बलमा ६ चौका र २ छक्का प्रहार गरिन् । ओपनर तथा कप्तान चमिरा अथापाथ्थुले ६१ रन बनाइन् । उनले ४३ बलमा ९ चौका र २ छक्का प्रहार गरिन् । कबिसा दिलहारीले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित ३० रन बनाइन् । भारतकी दिप्ती शर्माले एक विकेट लिइन् । चार ओभर बलिङ गरेकी उनले ३० रन खर्चिइन् ।

त्यसअघि रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको भारतले स्मृति मान्धनाको अर्धशतकीय इनिङ्ससँगै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

स्मृतिले ५६ बलमा १० चौकासहित ६० रन बनाइन् । ऋचा घोष ३०, जेमिमाह रोड्रिग्जे २९,  शेफाली वर्मा १६ र कप्तान हरमनप्रीत कौर ११ रनमा आउट हुँदा पूजा वस्त्रकार पाँच र राधा यादव एक रनमा अविजित रहिन् ।

श्रीलंकाकी कविशा दिल्हारीले सर्वाधिक दुई विकेट लिइन् । सचिन निसानशााल, चमारी अथपथु र उदेशिका प्रबोधनीले समान एक विकेट लिइन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise