२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

ज्ञानेन्द्र मल्ल रास्वपाको समानुपातिक सूचीमा

shivam cement
२०८२ पुष १५ गते १३:१८
Shares
ज्ञानेन्द्र मल्ल रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएका छन् । रास्वपाले प्रतिनिधिसभा निर्वाचनका लागि बुझाएको ११० जनाको समानुपातिक उम्मेदवारको सूचीमा उनको नाम आदिवासी जनजाति क्लस्टर अन्तर्गत परेको हो । उनी बालेन शाहको कोटाबाट समानुपातिक सूचीमा परेका हुन् ।

निर्वाचन आयोगमा बुझाइएको सूची अनुसार मल्ल आदिवासी जनजाति क्लस्टरको पाँचौं नम्बरमा छन् । उनीभन्दा अगाडि डा. राम लामा, खुश्वुसरकार श्रेष्ठ, मिङ्मा ग्याबु शेर्पा र डा. मनोहर प्रधान रहेका छन् ।

क्रिकेट मैदानमा लामो समय नेतृत्वदायी भूमिका निर्वाह गरेका मल्ल हाल नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सहायक प्रशिक्षकका रूपमा कार्यरत छन् । यससँगै, हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा उनले कर्णाली याक्सको मुख्य प्रशिक्षक तथा निर्देशकको जिम्मेवारी समेत सम्हालेका थिए ।

ताजा खबर

सम्बन्धित खबर