२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

टी-२० विश्वकपको ट्रफी टुर नेपालमा जनवरी पहिलो साता हुने तय

shivam cement
२०८२ पुष १६ गते १३:१५
Shares
टी-२० विश्वकपको ट्रफी टुर नेपालमा जनवरी पहिलो साता हुने तय

काठमाडौँ : भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि सुरु हुन लागेको आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा जनवरी ५ देखि ७ सम्म आयोजना हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै उक्त ट्रफी टुर कार्यक्रमको विस्तृत विवरण, तालिका, स्थान तथा विभिन्न गतिविधिहरूको जानकारी अर्को प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने जनाएको छ ।

ट्रफी टुरका क्रममा क्रिकेट प्रेमीहरूले विश्वकप ट्रफी नजिकबाट अवलोकन गर्ने अवसर पाउने छन् ।

नेपालमा यसअघि सन् २०१८ मा ओडिआई विश्वकपको ट्रफी पनि ल्याइएको थियो । त्यतिबेला काठमाडौँ र पोखरामा ट्रफी प्रदर्शनका लागि राखिएको थियो । टी-२० विश्वकपको ट्रफी भने पहिलो पटक नेपाल ल्याउन लागिएको हो ।

डीपी वर्ल्डको सहकार्यमा भारत र श्रीलंकालाई जोड्ने ऐतिहासिक एडम्स ब्रिज (राम सेतु) माथिबाट औपचारिक रूपमा ट्रफी टुर सुरु गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर