२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

नेपाली जनसम्पर्क समिति मलेसियाको सभापतिमा पुन: चोलाकान्त पंगेनी निर्वाचित

shivam cement
तिलोचन गौतम
२०८२ पुष २० गते १५:४४
Shares
नेपाली जनसम्पर्क समिति मलेसियाको सभापतिमा पुन: चोलाकान्त पंगेनी निर्वाचित

क्वालालम्पुर : नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो अधिवेशनबाट चोलाकान्त पंगेनी पुनः सभापतिमा निर्वाचित भएका छन् । मलेसियाको राजधानी क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा सम्पन्न समितिको अधिवेशनले पंगेनीलाई पुन: सभापतिमा निर्वाचित गरेको हो ।

४ जनवरी २०२६ आइतबार सम्पन्न अधिवेशनको औपचारिक कार्यक्रम सभापति पंगेनीको सभापतित्व तथा किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली दूतावास मलेसियाका प्रथम सचिव सुशील घिमिरे विशिष्ट अतिथिका रूपमा सहभागी थिए । त्यस्तै विशेष अतिथिमा विनोद थापा रहेका थिए ।

यस्तै वरिष्ठ उपसभापतिमा कमलप्रसाद गौतम, उपसभापतिमा टेकबहादुर टमटा, हरि कोइराला, गणेश राउत, सन्तोष पौडेल, ज्ञानेन्द्र बी. सिंह र डम्बर ओखडा, महामन्त्रीमा सरोज दाहाल र मिलन तामाङ, सहमहामन्त्रीमा तिलक चन्द, रामकुमार यादव र देवराज (डेबिट) घिमिरे, कोषाध्यक्षमा इन्द्रप्रकाश भण्डारी तथा सदस्यहरूमा दिपक अधिकारी, यज्ञकुमार राई, घनश्याम चौधरी, रुकेश गाहा मगर, रमेश भण्डारी, पुष्कर खड्का, छेवाङ लामा, इन्दु बस्नेत, मछिन्द्रनाथ चापागाईं, राजकुमार कटुवाल र गणेश विष्ट निर्वाचित भएका छन् ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल, हरि भट्टराई, योगेन्द्र कुँवर, गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्षद्वय इन्द्रनारायण लिम्बू र राकेश महतोलगायत मलेसियामा क्रियाशील विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमालले आगामी फागुन २१ गते हुने निर्वाचनमा एमाले-कांग्रेस गठबन्धनको विकल्प नरहेको बताए । उनले प्रवासमा रहेका संगठनहरूले केन्द्रलाई सुझाव दिँदै गठबन्धन कायम गराउन पहल गर्नुपर्नेमा जोड दिए । अन्य वक्ताहरूले मलेसियामा स्थापित संघसंस्थाहरूले श्रमिकहरूको हकहित र समस्याका लागि सौहार्दपूर्ण र प्रभावकारी काम गर्न आग्रह गरेका थिए ।

प्रमुख अतिथि किरणराज शर्मा पौडेल विभिन्न कारणवश कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नसके पनि भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

कार्यक्रमको समापन गर्दै पुनः निर्वाचित सभापति पंगेनीले अधिवेशन सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै मलेसियामा दुःख–पीडामा परेका नेपाली श्रमिकहरूको सेवामा २४ सै घण्टा तयार रहने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित खबर