२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

विजयनगरमा वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु

shivam cement
धर्मेन्द्रकुमार कुर्मी
२०८२ पुष २५ गते १८:५३
Shares
विजयनगरमा वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु

कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिका-३ महादेइयामा वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । कोटेश्वरी क्लबको आयोजनामा महादेइया खेल मैदानमा प्रतियोगिताको शुभारम्भ गरिएको हो । शुक्रबार ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरीले क्रिकेट प्रतियोगिताकाे उद्घाटन गरेका हुन् ।

क्लबका अध्यक्ष मुकेश चौधरीका अनुसार खेलकुदमार्फत युवालाई एकताबद्ध गर्दै प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुने टिमलाई ५१ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाण-पत्र प्रदान गरिनेछ भने द्वितीय स्थान हासिल गर्ने टिमलाई २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण-पत्र प्रदान गरिनेछ ।

No description available.

आयोजक क्लबका सचिव देवेन्द्रमणि त्रिपाठीले प्रथम वडा स्तरीय क्रिकेट प्रतियोगितामा १६ वटा टिम सहभागी भएको जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा विजयनगर गाउँपालिका-७ का वडा अध्यक्ष दिनेश कुमार चौधरी, ३ का वडा अध्यक्ष हृदय विकास चौधरी, वडा सदस्य मोहम्मद सई, समाजसेवी राम निवास पुरी, बृजकिशोर मिश्र लगायत क्रिकेटप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

No description available.

सम्बन्धित खबर