२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

कविता : विमानभन्दा छिटो छ मान्छे !

Nada
गणेश लोहनी
२०८२ पुष २६ गते ०६:००
Shares
कविता : विमानभन्दा छिटो छ मान्छे !

भोगको भँड्खालो
नकारको निस्पट्टताबाट उठेर
सकारको सुस्वादु
मधुरस पानमा जुट्न सके
स्वाधिष्ठान मूलाधार
अनाहत हुँदै
सहस्रारसम्मको
महततामा उठ्न सके
गलेश्वर बाबालाई झैं
खराउले पानीमाथि टेकेर
सहजै कृष्णा तराउँछ 
योगबलले
धेरै कुरा सम्भव गराउँछ 
अणिमादि अष्टसिद्धिमा
निपुण ऋषि महर्षि
आकाश मार्गबाट
यात्रा गर्दथे भन्ने
पौराणिक कथन छ
नारद मुनि
वायु वेगले 
आकाश मार्गबाट
तीनै लोक 
चहार्ने गरेको
पौराणिक कथा
स्कन्ध पुराणमा
पढ्न पाइन्छ 
युगीन साधनाले
सम्भव भएका
महान् पुख्र्यौली पुँजी
गुमायौँ कि त !
विज्ञानको
पहुँचभन्दा परसम्म
पुर्खाका योग साधना
पुगेकै थियो होला 
र त पौराणिक कथाहरूमा
पुष्पकादि विमानका
चर्चा भेटिन्छन् 
विमानभन्दा
तीव्र गतिमा
दौडन्छ मानवमन
गतिमान हुन सक्छ
मानव मस्तिष्क
तसर्थ, निर्धक्क भन्न सकिन्छ
सामर्थवान ठिटो छ मान्छे 
विमानभन्दा छिटो छ मान्छे !!

ncell

ताजा खबर

सम्बन्धित खबर