
विद्यार्थीलाई भविष्यको कर्णाधार भनिन्छ । जसले समाज बुझ्ने पहिलो ठाउँ परिवार र त्यसपछि विद्यालय हो । व्यस्त आमाबाबुका सन्तानले परिवारमा भन्दा ज्यादा समय विद्यालयमा कटाउँछन् । यसकारण सक्षम नागरिक उत्पादनका लागि विद्यालयलाई पनि घरजस्तै बनाउनुपर्छ भन्नेहरूमध्ये एक हुन्– शान्ति निकेतन माविकी प्रधानाध्यापक रविना महर्जन । २०५५ सालवाट शिक्षिका हुदै प्रधानाध्यापकको नेतृत्व गर्दा सम्म उनको अनुभव हो यो ।
सरस्वती निकेतन माविमा प्रधानाध्यापकको नेतृत्व गर्दै आए महर्जनलाई विद्यालयलाई विद्यालयजस्तो बनाउनुपर्ने सहज थिएन । विद्यालयमा उनीभन्दा सिनियर शिक्षक थिएनन, त्यसकारण उनी सहजै प्रधानाध्यापक बनिन् । प्रधानाध्यापक बनेपछि उनलाई नियाल्ने धेरै थिए । किनभने उनी महिला प्रधानाध्यापक थिइन् ।
‘महिला प्रधानाध्यापक भएपछि स्कुल कस्तो बन्ने हो ? स्कुल राम्रोसँग चल्छ होला त ?’ भन्ने प्रश्न थुप्रै आउँथ्यो,’ उनले भनिन्, ‘यस्तै प्रश्नहरूको माझमा पनि मैले काम गरेर देखाउनुपथ्र्यो ।’ २०७१ सालबाट उनले प्रधानाध्यापकका रूपमा नेतृत्व गर्दै आएकी छन् ।
उनका अनुसार विद्यालयको नेतृत्व लिन त्यति सहज थिएन । ‘विद्यालय चलाउन बजेट नै थिएन, त्यसमा पनि मैले बजेटका लागि पहल गर्नुपथ्र्यो,’ उनले भनिन् । विद्यालयमा अहिले ५ सय विद्यार्थी अध्ययनतर छन् । ४२ जना शिक्षक, शिक्षिकाहरूको नेतृत्व गरिरहेकी छन् । सात वर्ष अस्थायी शिक्षिकाका रूपमा शिक्षण गरिन् ।
‘महिलाहरूले चलाएका विद्यालय धेरै राम्रा छन्,’ उनले भनिन्, ‘महिलाहरूले विद्यालयमा पनि घरजस्तै गरेर राम्रो तरिकाले चलाउँछन् ।’ विद्यालयको हकमा महिलालाई नै नेृतत्व दिँदा प्रभावकारी हुने उनको अनुभव छ । भन्छिन्, ‘महिला आफू सक्षम हुनुपर्छ, जति चुनौती आए पनि सामना गर्न सक्छन् ।’