२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

उदीयमान प्रधानाध्यापक रबिना

shivam cement
सपना बोहरा
२०८२ पुष २६ गते ०६:४५
Shares
उदीयमान प्रधानाध्यापक रबिना

सात वर्षअघि मनमैजु माविको प्रधानाध्यापक नियुक्त हुँदा रबिना महर्जनलाई धेरै सहकर्मी र अभिभावकले पनि पत्याएका थिएनन् । उनले महसुस गर्ने गरेर नै महिलाले स्कुल चलाउन सक्दैनन् भन्नेहरू थुप्रै थिए । तर अहिले उनले शिक्षक, विद्यार्थी र अभिभावकलाई कामैले सन्तुष्ट पारेकी छन् । ‘पहिले महिलाले विद्यालय चलाउन सक्दैनन् भन्ने मानसिकता थियो । मैले काम गरेरै सक्छन् भन्ने देखाएँ,’ उनी भन्छिन् । 

२०७६ सालमा मावि तह शिक्षकका लागि आयोगको परीक्षा पास गरेपछि मनमैजु माविमा नियुक्त भएकी थिइन् । २०७४ सालमा शिक्षक सेवा आयोग पास गरेर च्वादी पब्लिक माध्यमिक विद्यालय, नुवाकोटमा नियुक्त भएकी थिइन् । नियुक्ति लिएको एक वर्षमै मनमैजुमा प्रधानाध्यापक भएर फर्किइन् । रबिना अहिले बालबालिकाको सिकाइमा नयाँनयाँ अभ्यास गरेर सिकाइ सुधारमा लागेकी छन् । कोभिड कालमा गरेको कामले उनलाई ‘इमर्जिङ हेड टिचर’ भनेर ज्यापु सरस्वती पदक दिलायो ।  

नेतृत्व लिने क्रममा अनेक चुनौती आए पनि त्यसको सामना गर्दै जानुपर्ने उनी बताउँछिन् । उनी प्रधानाध्यापक नियूक्ति भएलगत्तै कोरोना महामारी फैलियो । त्यो समयमा उनलाई विद्यार्थीलाई कसरी पढाउने भन्ने चिन्ता थियो । लगत्तै बालबालिकाको सिकाइमा नयाँनयाँ अभ्यास गरेर सिकाइ निरन्तर दिइन् । पहुँच भएकाहरूका लागि अनलाइनमा पढाइ भयो । नभएकाहरूसँग शिक्षकहरूलाई कक्षाको तालिका बनाएर रोल नम्बरअनुसार भौतिक दूरी कायम राखेर विद्यालयमै कक्षा सञ्चालन गर्ने व्यवस्था गरिन् । ‘कठिन परिस्थितिमा जे गरियो, त्यसमा खुसी लाग्छ,’ उनले भनिन् । 

सार्वजनिक शिक्षा सुधारमा योगदान गरेको भन्दै महर्जनलाई इन्टेग्रिटी आइकनमा समेत छनोट भएर सम्मानसमेत पाएकी थिइन् । १ हजार २ जना विद्यार्थी रहेको विद्यालयमा उनले शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलाप र व्यवस्थापनमा विशेष योगदान छ ।

सम्बन्धित खबर