२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

खेलकुदको हब बन्दै इस्माको जैढुङ्गा बिपी पार्क

shivam cement
२०८२ पुष २८ गते १३:३५
Shares
खेलकुदको हब बन्दै इस्माको जैढुङ्गा बिपी पार्क

गुल्मीः रेसुङ्गा नगरपालिकाको फोर्टिन स्टार युवा क्लबले प्रत्येक वर्ष सदरमुकाम तम्घासको चिदिचौर खेलमैदानमा जिल्लास्तरीय छात्र फुटबल प्रतियोगिता सञ्चालन गर्थ्यो । 

उक्त खेलमैदानमा विभिन्न जिल्लास्तरीय खेलकुदका प्रतियोगिता हुने गर्दथे । यसपटक भने तम्घासको चिदिचौर खेलमैदान निर्माणाधीन छ । त्यसले गर्दा कुनै पनि खेलकुदका कार्यक्रम सञ्चालन भएका छैनन् । यस वर्ष गर्ने कि नगर्ने भन्ने थियो । गुल्मीको इस्मा गाउँपालिकाले वडा नम्बर १ झरनामा पालिकाले जैढुङ्गा बिपी पार्कसँगै अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रङ्गशाला निर्माण गर्‍यो । त्यसले गर्दा जिल्लामा हुने विभिन्न प्रतियोगिता अहिले उक्त रङ्गशालामा हुने गरेका छन् ।

सदरमुकाम तम्घासबाट जम्मा १४ किलोमिटर टाढा रहेको खेलमैदानमा जिल्लादेखि स्थानीयस्तरका सबै खेलकुदका कार्यक्रम सञ्चालन भइरहेका छन् । ‘खेलमैदानको अभावमा यस वर्ष खेलकुद प्रतियोगिता सञ्चालन गर्ने कि नगर्ने भन्ने थियो’, क्लबका अध्यक्ष नारायण आचार्यले भने, ‘इस्मामा आकर्षक खेलमैदान बनेको रहेछ, पालिकाले सहयोग गर्ने भए पनि जैढुङ्गा बिपी पार्कमा प्रतियोगिताको आयोजना गर्‍यौं ।’

उनले क्रिकेट मैदानलाई फुटबल मैदानका रुपमा प्रयोग गरी प्रतियोगिता सञ्चालन गरेको बताए । ग्रासरुटका खेलाडी उत्पादन गर्न खेलमैदानले सहयोग गरेको उनको भनाइ छ । सदरमुकामको खेलमैदान निर्माणाधीन हुँदा यस वर्ष जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड, जिल्लास्तरीय छात्रा फुटबल प्रतियोगितालगायत सदरमुकाम बाहिर सञ्चालन गरिएको थियो ।

सम्बन्धित खबर