२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

नेपाल–भारत सशस्त्रबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता

shivam cement
लालबाबु बानिया
२०८२ पुष ३० गते २०:१६
Shares
नेपाल–भारत सशस्त्रबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता

पर्सा : २५औं सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा सशस्त्र प्रहरी बल नेपाल गुल्म भिखमपुरको आयोजनामा बुधबार नेपाल–भारत सशस्त्र निकायबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

भिखमपुरस्थित सीमाक्षेत्र नजिक आयोजित प्रतियोगितामा सशस्त्र प्रहरी बल नेपाल सीमासुरक्षा गण हेडक्वाटर भिखमपुरले भारत बिहारस्थित एसएसबी इनार्वा टिमलाई पराजित गर्दै उपाधि हात पारेको छ ।

तीन खेल समेटिएको प्रतिस्पर्धामा नेपालले ३–२ को समग्र जित निकालेको हो । पहिलो खेलमा सशस्त्र प्रहरी बल नेपालले अग्रता लिएको थियो भने त्यसपछि भएका दुई खेलमध्ये भारतको एसएसबी इनार्वा टिमले एक खेल जित्दै बराबरीको प्रयास गरेको थियो । अन्तिम खेलमा सशस्त्र प्रहरी बल नेपालले निर्णायक जित दर्ता गर्दै प्रतियोगिता आफ्नो पक्षमा पारेको आयोजकले जनाएको छ ।

विजेता टोलीलाई भारतीय एसएसबी इनार्वाका प्रमुख कमाण्डर अभिनाश पटेलले पुरस्कार प्रदान गरेका थिए भने उपविजेता टोलीलाई सशस्त्र प्रहरी बल गुल्म भिखमपुरका गुल्मपति तथा नायव उपरीक्षक (डिएसपी) दिनेश आचार्यले मेडल वितरण गरेका थिए ।

२५औं सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा आयोजना गरिएको उक्त प्रतियोगिताले नेपाल–भारतबीचको आपसी सद्भाव, सहकार्य र मित्रतालाई थप सुदृढ बनाएको आयोजक पक्षको भनाइ छ । इनार्वा एसएसबीको मैदानमा सम्पन्न खेलमा भारतीय एसएसबी इनार्वा ४७औं बटालियनका कमाण्डर अभिनाश पटेल, सशस्त्र प्रहरी बल गुल्म भिखमपुरका डिएसपी दिनेश आचार्यलगायत सुरक्षाकर्मी तथा स्थानीय नागरिकको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर