२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कांग्रेस विभाजन भएकोमा हामी चिन्तित छौं : ओली

shivam cement
२०८२ माघ २ गते १६:४७
Shares
कांग्रेस विभाजन भएकोमा हामी चिन्तित छौं : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस विभाजनमा पुग्नु मुलुकको डेमोक्रेसीका लागि चिन्ताको विषय भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित पार्टीको राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले विशेष महाधिवेशन भनेर पार्टीको विधानलाई लत्याएर सडकबाट बहुमत पुर्‍याउने कुराले मुलुकमा डेमोक्रेसीलाई, सिंगो समाजलाई नै अराजकतातर्फ डोहोर्‍याउने प्रपञ्च रचिएको जिकिर समेत गरे ।

उनले कांग्रेस विभाजन मुलुकको डेमोक्रेसीका लागि चिन्ताको विषय भएको भन्दै यस्तो अवस्था आएकोमा आफू चकित भएको समेत बताए । अध्यक्ष ओलीले शान्ति, सुशासन र मुलुकको डेमोक्रेसीका लागि सानातिना असन्तुष्टिलाई थाती राखेर एकताबद्ध भएर अघि बढ्न सिंगो पार्टी पंक्तिलाई समेत सचेत गराए ।

अध्यक्ष ओलीले शान्ति, संविधान र लोकतन्त्रको लागि आफूहरुले एकताबद्ध भएर लडनुपर्ने अवस्था आएको बताए ।

सम्बन्धित खबर