
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव लड्न लागेका श्रेष्ठले राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका हुन् । श्रेष्ठ सर्लाही ३ बाट उम्मेदवार बन्न लागेका छन् ।
श्रेष्ठ २०७६ को माघमा राष्ट्रिय सभाका लागि निर्वाचित भएका थिए ।
श्रेष्ठको राष्ट्रिय सभा सदस्यको कार्यकाल पनि आगामी २० फागुनमा सकिँदै थियो ।