२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

सुदूरपश्चिममा एमाले र नेकपाले टुंग्याए उम्मेदवार

shivam cement
२०८२ माघ ४ गते १४:३७
Shares
सुदूरपश्चिममा एमाले र नेकपाले टुंग्याए उम्मेदवार

महेन्द्रनगर : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारको टुंगो लगाएका छन् ।

सुदूरपश्चिमका नौ  जिल्लामध्ये कैलालीमा ५, कञ्चनपुरमा ३, अछाममा २ अन्यमा एकएक गरी १६ वटा निर्वाचन क्षेत्र कायम छन् । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले टुंग्याएका उम्मेदवारमा १२ जना संघीय र प्रदेशका पूर्वमन्त्री छन् ।

नेपाली कम्युनिष्ट पार्टीबाट अछाम क्षेत्र नं. १ बाट भीमबहादुर रावल, सोही दलका  कैलाली क्षेत्र नं. ५ मा प्रेम आले, कञ्चनपुर क्षेत्र नं. १ मा विना मगर तथा त्रिलोचन भट्टलाई डोटीबाट उम्मेदवार बनाइएको छ । 

प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर शाह बाजुराबाट, नेपाली कम्युनिष्ट पार्टीबाट कञ्चनपुर-२ मा लालबहादुर खड्का कञ्चनपुर-३ मा मानबहादुर सुनार उम्मेदवार हुने भएका छन् ।

नेकपा एमालेले दार्चुलाबाट गणेशसिंह ठगुन्ना, बैतडीबाट दामोदर भण्डारी, कैलाली-४ मा लेखराज भट्ट, कैलाली-३ का गौरीशंकर चौधरी र अछाम १ मा झपटबहादुर बोहरालाई प्रत्याशी बनाउने निर्णय गरेको छ । 

सम्बन्धित खबर