काठमाडौं : नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले वैशाख दोश्रो हप्तादेखि ठूलो संख्यामा नेपाली कामदार वैदेशिक रोजगारीमा जाने साउदी अरेबियामा नियमित उडान शुरु गर्ने भएको छ । पहिलो पटक नेपाल एयरलाइन्सले आगामी ९ वैशाखदेखि साउदी अरबको राजधानी रियादमा नियमित उडान गर्न लागेको बताएको छ ।
नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई काठमाडौं–रियाद–काठमाडौं सेक्टरमा नियमित उडान शुरु गर्न अनुमति दिएपछि नेपाल एयरलाइन्स उडानको तयारीमा लागेको बताएको छ ।
नेपाल एयरलाइन्सले साउदी अरबको रियाद, दमाम तथा जेद्दामा उडान गर्न सक्ने गरी अनुमति पाएको छ । हिमालय एरलाइन्सले मात्रै उडान भर्ने साउदीमा नेपाल एयरलाइन्सको उडान शुरू भएपछि उक्त रूटमा जहाज भाडा सस्तो भई रोजगारीका लागि जाने कामदारहरूलाई आर्थिक राहत हुनसक्ने आंकलन गरिएको छ । साउदी अरबमा हाल दैनिक ३ सय बढी कामदार उड्ने गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies