
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले वरिष्ठ नेता डा. शेखर कोइराला गगन थापासँग मिलेर अघि बढ्न सहमत भइसकेको दाबी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित कांग्रेस शेखर कोइराला समूहको भेलामा सहभागी भएका उनले सञ्चारकर्मीमाझ सो दाबी गरेका हुन् ।
नेता शर्माले कांग्रेस पार्टीका लागि सर्वश्वहरणमा परेको कोइराला परिवारका कुनैपनि सदस्य पार्टीलाई एकताबद्ध बनाएर लैजान जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए । उनले वरिष्ठ नेता कोइरालाले निर्वाचन आयोगले आधिकारिता दिएको कांग्रेस र देउवा पक्षलाई एकतावद्ध बनाउन सफल हुने समेत बताए ।
नेता शर्माले कांग्रेस सभापति थापा पनि पार्टीलाई एकताबद्ध बनाएर लैजाने लागि परेको बताए । उनले निर्वाचनमा विजयी हुनलाई पनि कांग्रेसका सबै समूह गगन थापा नेतृत्वमा एकताभएर अघि बढ्नुको विकल्प नरहेको समेत बताए ।