
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ-२ बाट चुनाव लड्ने भएका छन् ।
शनिबारको एमाले सचिवालय बैठकले दाङ-२ मा पोखरेलको उम्मेदवारीबारे निर्णय गरेको थिएन । बैठकले दाङ-२ को टुंगो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो ।
सोही अनुसार एमाले अध्यक्ष ओलीले पोखरेललाई दाङ-२ को टिकट दिएका हुन् ।
पोखरेल २०७९ को निर्वाचनमा पनि दाङ-२ बाटै चुनाव लडेका थिए । तर उनी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मासँग पराजित भएका थिए ।