२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्नुस्, कारबाही हुन्छ : रामप्रसाद भण्डारी

shivam cement
२०८२ माघ ५ गते १७:३५
Shares
उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्नुस्, कारबाही हुन्छ : रामप्रसाद भण्डारी

काठमाडौं : निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजालगायत तडकभडक नगर्न चेतावनी दिएका छन् ।

सञ्चारकर्मीहरुसँग सोमबार आयोगमा कुराकानी गर्दै उनले उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक नगर्न चेतावनी दिएका हुन् । तडकभडकलाई कानुनले पूर्ण रुपमा निषेध गरेको र आचारसंहिताले पनि निषेध गरेकाले त्यस्ता गतिविधिहरु नगर्न सचेत गराए ।

आचारसंहिता उल्लंघन गर्नेविरुद्ध आयोगले कठोर निर्णय लिने चेतावनी दिए । निष्ठापूर्वक आचारसंहीतालाई परिपालन गर्दै मनोनयन पत्र दाखिल गर्न आग्रह गरे । प्रमुख कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले अब हुने निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा हुने दाबी गरे । निर्वाचन हुँदैन कि भन्ने शंका नगर्न पनि आग्रह गरे । 

उनले अब हुने निर्वाचन समयमै जसरी पनि हुनैपर्ने निर्वाचन भएकाले निर्वाचनको विकल्प भनेकै निर्वाचन भएको बताए ।

सम्बन्धित खबर