२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

shivam cement
२०८२ माघ ५ गते १८:०८
Shares
सञ्चारमन्त्री खरेलले दिए राजीनामा

काठमाडौं : सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष उनले राजीनामा पत्र बुझाएका हुन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उनी राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएको छ । सोही कारण उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

रास्वपाले उनलाई ललितपुर-२ बाट उम्मेदवार बनाउँदै छ । खरेल गत असोज ६ गते सञ्चार मन्त्री नियुक्त भएका थिए।

सम्बन्धित खबर