२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

ललितपुर-२ बाट चुनाव लड्ने जगदीश खरेलको घोषणा

shivam cement
२०८२ माघ ५ गते १९:१५
Shares
ललितपुर-२ बाट चुनाव लड्ने जगदीश खरेलको घोषणा

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै खरेलले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाइसकेको जानकारी गराए ।

उनले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ बाट उम्मेदवारी दिने घोषणा पनि गरे । उनले आफूले सरकारमा रहँदा मुलुकको विकास र सुशासनको आधारशीला तयार पारेको दाबी पनि गरे ।

उनले आफूहरुले तयार पारेको आधारशीलामा रहेर निर्वाचित सरकार अघि बढ्न सकेमात्र मुलुकमा विकास र सुशासन कायम गर्न सकिने उनको जिकिर छ ।

उनले मुलुकको सबैभन्दा ठुलो समस्या भ्रष्टाचार भएको औंल्याउँदै यसको अन्त्य अपरिहार्य रहेको पनि बताए । उनले सरकारले नागरिक हितलाई केन्द्रमा राखेर काम गर्नसके मात्र मुलुक नागरिकको हित हुने बताए । 

उनले भने, ‘हामीले जति आधारशीला बनाएर गएका छौं, यो आधारशीलामा आउने सरकारले काम गर्यो भने मुलुकको विकास सम्भव छ । थिति र विधि हामीले बनायौं, तर हामी त्यसअनुरुप नचलेकै कारण देश बनेन । यो चार महिनाको अवधीमा देश यसरी बन्छ भन्ने अवस्थामा त छैन । जति पनि हामीले यो बीचमा काम गर्यौं । सबैभन्दा ठुलो रोग भनेको भ्रष्टाचार रहेछ । यसलाई अन्त्य गर्नुपर्ने छ । यो कुर्सीमा बस्ने हरेक मान्छेले जनताको लागि मात्र सोचोस् ।’

खरेलले गत असोज ५ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीको पदभार ग्रहण गरेका थिए ।

सम्बन्धित खबर