२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

उम्मेदवारी दर्ताका लागि बालेन शाह झापा–५ मा

shivam cement
२०८२ माघ ६ गते १०:४४
Shares
उम्मेदवारी दर्ताका लागि बालेन शाह झापा–५ मा

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह(बालेन)प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन झापा क्षेत्र नम्बर ५ पुगेका छन् । उनले मंगलबार बिहान ११ बजे उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको जनाइएको छ ।

झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समेत उम्मेदवार रहेका छन् । ओलीले मंगलबार दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

ओली सोमबार नै झापा पुगेका थिए भने बालेन जनकपुरको कार्यक्रम सकेर मंगलबार मात्रै झापा पुगेका हुन् । बालेनले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत आफू झापा–५ पुगेको जानकारी गराएका छन् ।

सम्बन्धित खबर