काठमाडौं : साउदी अरबस्थित नेपाली दूतावासले आधिकारिक मनी ट्रान्सफर कम्पनीमार्फत रकम नेपाल पठाउन नेपाली समुदायको ध्यानाकर्षण गराएको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै बैंकिङ वा आधिकारिक ट्रान्सफर माध्यमबाट रकम पठाउँदा सुरक्षित, भरपर्दो हुने स्मरण गराउँदै बैंक खाता नभए खाता खोल्न र आफ्नो खातामा पैसा पठाउने बानीको विकास गर्न समेत अनुरोध गरेको छ ।
नेपालबाट वैदेशिक रोजगारमा गएकाहरुले मनी ट्रान्सफर वा बैंकिङ माध्यमबाट स्वदेश रकम पठाउने कानूनी व्यवस्था भएपनि व्यापारीले बिना शुल्क तथा छिटो रकम घरमा पु¥याइदिने र कुनै कमिसन नलाग्नेलगायतका प्रलोभनमा परेर विदेशी मुद्रा हात पार्ने गरेका छन् । त्यसले नेपालले पाउने विदेशी मुद्रा घटेको छ ।
हुण्डी, हवालालगायतका माध्यमबाट स्वदेशमा रकम पठाउनु अवैधानिक मात्रै नभएर असुरक्षित पनि रहेको भन्दै दूतावासले अनौपचारिक माध्यमबाट रकम पठाउने र प्राप्त गर्ने व्यक्तिसमेत जुनसुकै समयमा समस्यामा पर्न सक्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।
बैंकिङ प्रणालीमार्फत पठाइएको रकम नेपालको कानून अनुसार कुनै सम्पत्ति खरिद गर्न वा व्यवसाय गर्न आम्दानीको स्रोतको रुपमा देखाउन सकिने विषयमासमेत दूतावासले ध्यानाकर्षण गराएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies