२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाले गराए झापा-२ बाट उम्मेदवारी दर्ता

shivam cement
२०८२ माघ ६ गते १३:४४
Shares
पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाले गराए झापा-२ बाट उम्मेदवारी दर्ता

झापा : पूर्वसभामुख देवराज घिमिरले झापा निर्वाचन क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

उनले अर्जुनधारा नगरपालिकास्थित–२ निर्वाचन कार्यालयमा पुगेर नेकपा एमालेका तर्फबाट मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत महेश खत्रीले जानकारी दिए । उनको समर्थकमा एकराज कार्की  र प्रस्तावकमा चिन्तन पाठक रहेका छन् ।

यसैगरी पूर्वउपसभामुख इन्दिरा राना मगरले पनि सोही निर्वाचन क्षेत्रमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी छन् । उनले अर्जुनधारा नगरपालिकास्थित–२ नम्बर निर्वाचन कार्यालयमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत महेश खत्रीले जानकारी दिए । 

सम्बन्धित खबर