गणेश रावत/मध्यान्ह
कोहलपुर : बाँकेका राप्तीसोनारी वडा नम्बर २ टिकुलीपुरमा आगलागी हुँदा ११ घर र ४ वटा गोठहरु जलेर पूर्णरुपमा नष्ट भएको थियो । मन्दिर नजिकैको स्थानीय सिताराम जैसीको घरबाट शुरु भएको आगलागी गाउँभरी फैलिएको ढकेरी प्रहरी चौकीका इन्चार्ज टेक बहादुर केसीले मध्यान्हलाई जानकारी दिए ।
उनका अनुसार आगलागी बाट मानविय क्षति भएको छैन । आगलागी भएको सूचना पाउनासाथ घटनास्थल पुगेको ढकेरी प्रहरी चौकीको टोली र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज, प्रहरी नायब उपरीक्षक ऐन बहादुर मल्लका अनुसार कोहलपुर र नेपालगन्जबाट पुगेका दमकल, प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको हो ।
गाउँपालिकाको राहत
आगलागी पीडितलाई राप्तीसोनारी गाउँपालिकाले १ लाख जिन्सी र ५० हजार नगद रुपैयाँ वितरण गरेको छ । आगलागीबाट ११ घरका ५६ जना परिवार विस्थापित भएका छन् ।
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले आगलागी भएका परिवारलाई प्रति परिवार चामल, नुन, तेल, त्रिपाल वितरण गरेको बताए । पालिकाले १ लाख बराबरको जिन्सी र ५० हजार रुपैयाँ घर निमार्णका लागि वितरण गर्ने थारुले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies