
काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले काठमाडौं क्षेत्र नम्बर ३ बाट उमेदवारी दर्ता गराएका हुन् ।
मंगलबार निर्वाचन अधिकृतको कार्यालय गएर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कुलमान ऊर्जामन्त्री बनेका थिए । मन्त्रीबाट राजीनामा दिएर उनी चुनावमा होमिएका हुन् ।