
गोरखा : प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोप) बाट डा. बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा निर्वाचन क्षेत्र नं. २ मा प्रलोपबाट डा. भट्टराईले उम्मेदवारी दिएका हुन् ।
मंगलबार निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा नारायण खत्री र समर्थकमा रिजन राना मगर छन् ।