२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

ओलीद्वारा जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचनाको निरीक्षण

shivam cement
२०८२ माघ ६ गते १५:१४
Shares
ओलीद्वारा जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचनाको निरीक्षण

झापा : पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको आज निरीक्षण गरेका छन् ।

झापा-५ मा आज उम्मेदवारी मनोनयनका लागि आएका अध्यक्ष ओलीले गत भदौ २३ र २४ गते जेन जेड आन्दोलनका क्रममा आगजनी  गरिएको इलाका प्रहरी कार्यालय दमक र दमक नगरपालिकाको निरीक्षण गरेका हुन् ।

निरक्षणका क्रममा उनले स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा पार्टी कार्यकर्तासँग छलफल गरेको पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिए ।

सम्बन्धित खबर