२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता

shivam cement
२०८२ माघ ६ गते १७:२९
Shares
रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गराएका छन् । 

सहकारी सम्बन्धी मुद्दाका लागि पर्सा पुगेका लामिछाने उपस्थित हुन नभ्याउने भएपछि वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।

लामिछानेले रास्वपा महानगर सभापति सिता ज्ञवालीलाई वारेस दिएको र उनैले उम्मेदवारी दर्ता गराएका हुन् ।

लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दाका कारण पर्सा जिल्ला अदालतमा रहेका छन् । उनीसँग आजै अदालतले १ करोडी धरौटी माग गरेको थियो । 

सम्बन्धित खबर