२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कांग्रेस केन्द्रीय समिति बैठक भोलि सानेपामा, गगनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी

shivam cement
२०८२ माघ ८ गते १४:३७
Shares
कांग्रेस केन्द्रीय समिति बैठक भोलि सानेपामा, गगनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि (शुक्रबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा पहिलोपटक सानेपामै बस्न लागेको बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको पार्टी कार्यालय सचिव प्रकाश शर्माले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ ।

यस बैठकबाट कांग्रेसले सभापति गगन थापालाई आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार केन्द्रीय कार्यसमितिको निर्णयपछि थापालाई औपचारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिनेछ ।

सभापति थापाको सचिवालयका अनुसार प्रधानमन्त्रीको उम्मेदवार घोषणा भएपछि उनी आफ्नै निर्वाचन क्षेत्र सर्लाही–४ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि थापाले वारेसमार्फत सर्लाही–४ बाट उम्मेदवारी दर्ता गराइसकेका छन् । कांग्रेसका मधेश प्रदेशसभा सदस्य वीरेन्द्र सिंहको नेतृत्वमा गएको टोलीले माघ ६ गते सर्लाही–४ स्थित निर्वाचन अधिकृतको कार्यालयमा थापाको उम्मेदवारी दर्ता गराएको थियो ।

गत पुस ३० गते सम्पन्न विशेष महाधिवेशनले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गर्दै गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । पार्टीभित्रको आन्तरिक कलहका कारण नवनिर्वाचित कार्यसमितिले यसअघि सानेपाबाहिर बैठक बस्दै आएको थियो ।

सम्बन्धित खबर