२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

आधार भुलेर निर्देशन

ADV
२०८१ साउन १६ गते ०६:३०
आधार भुलेर निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सिंहदरबारमा एक कार्यक्रम राखेर मन्त्रालयका सचिवहरुलाई लामै निर्देशन दिए । मन्त्रीहरु समेत सहभागी गराएर मुख्यसचिव र सचिवहरुलाई फास्ट ट्रयाकमा काम गर्न प्रधानमन्त्रीले निर्देशन दिए । त्यस क्रममा ओलीले सेवा प्रवाहमा चुस्तता, विकास निर्माणमा रफ्तार र सुशासनमा खरो उत्रन निर्देशन दिएका थिए । ब्यापक संख्यामा सचिवहरुको सरुवा गरेर निर्देशन दिन उपस्थित प्रधानमन्त्री ओलीको कतिपय सम्बोधन भने पुरानो थियो । एक अर्थमा ती सम्बोधनहरु विगतमा ओलीलाई विवादित बनाउने विषय हुन् । तर प्रधानमन्त्री ओलीले कुनै वास्ता नगरी धरहरा, पानी जहाज, रेल जस्ता परियोजनाहरुलाई नगरी नहुने सूचीमा राखे । यी तीन वटै परियोजनाले ओली विगतमा विवादित बनेका थिए । 

तर सचिवहरुलाई निर्देशनका क्रममा यी तीन परियोजनालाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ जसरी प्रस्तुत गरे । धरहरा निर्माणको औचित्व पुष्टि गर्न ओलीले अरु टावरहरुले नाफा कमाएको उदाहरण दिएका थिए । पानी जहाजलाई नगरी नहुने परियोजना भन्दै यसको लाभबारे बोलेका छन् । सडक दुर्घटना जस्तो जोखिम नहुने र लागत सस्तो पर्ने तर्क प्रधानमन्त्री ओलीले गरेका थिए । चार वटा रेल थप्न प्रधानमन्त्री ओलीले निर्देशन नै दिए । जबकी टावर, रेल र पानी जहाज जस्ता ठूला कुरा गरेर जनताका आधारभूत समस्या बिर्सिएको आरोप ओलीले विगतका कार्यकालमा खूब खेप्नु परेको थियो । यसपटक प्रधानमन्त्री नियुक्त भएपछि प्रतिनिधि सभामा सम्बोधन गर्दा भने विगतमा विवादित बनाउने परियोजना नभएर जनताको दुख र समस्याहरु प्राथमिकतामा राख्ने प्रतिबद्धता गरेका थिए । कतिपयले ओली सम्हालिएको टिप्प्णी पनि गरेका थिए । 

विश्वासको मत लिइरहँदा प्रधानमन्त्री ओलीले गरेको प्रतिबद्धता मुलुकका निम्ति प्राथमिकतामा राख्नैपर्ने प्रकृतिको थियो । २० प्रतिशत नागरिक अझै निरपेक्ष गरिबीको रेखामुनि रहेको, युवाहरुले ठूलो संख्यामा देश छोडिरहेको जस्ता मानवीय समस्या समाधान भौतिक पूर्वाधारको समृद्धि भन्दा महत्व रहेको प्रधानमन्त्रीको निष्कर्षमा फरक मत थिएन । बृद्ध अवस्थाका बाआमा भोकै निदाउनुपर्ने, भोलिको देश हाँक्ने बालबालिका फक्रनै नपाउने जस्ता घटनाले विचलित बनाउने प्रधानमन्त्रीको बोलीमा कसैको बिमति देखिने कुरै भएन । कृषिको उत्पादकत्व बृद्धि, मुलुकमै रोजगारी सिर्जना, उत्पादनमुलक उद्योगको विकास अनि शिक्षा र स्वास्थ्यको पहँुजमा विस्तार जस्ता काममा संभवतः सिंगो राज्यको साथ प्रधानमन्त्रीलाई मिल्नेछ । तर प्रधानमन्त्री ओलीमा भने कीर्तिमान राख्ने पुरानै रहरतिर फर्कने संकेत देखिएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise