काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४५ ग्राम सुनसहित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुली तिनपटन गाउँपालिका–३ का २२ वर्षीय हेमराज न्यौपाने र धादिङ निलकण्ठ नगरपालिका–७ का ३४ वर्षीय राजेन्द्र अधिकारी रहेका छन् ।
एयर अरेबियाको विमानबाट दुबई हुँदै काठमाडौं आएका उनीहरुलाई त्रिभुवन विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरिएको हो । प्रहरीले हेमराजको साथबाट ४५ ग्राम तौल बराबरको १ थान सुनको सिक्री र १ थान आईफोन १३ प्रो म्याक्स बरामद गरेको छ ।
यस्तै राजेन्द्रको साथबाट पनि ४५ ग्राम तौल बराबरको १ थान सुनको सिक्री र १ थान आईफोन प्रो म्याक्स बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई बरामद गरिएको सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies